'शोकलाई उत्सव' का रूपमा मनाइने गाईजात्रा धरानमा सम्पन्न
गणतन्त्र खबर, धरान । धरानमा आयोजना गरिएको परम्परागत सामुहिक गाईजात्रा शनिबार सम्पन्न भएको छ । वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना र आत्मशान्तिको कामना गर्दै धरानका स्थानीय बासिन्दाहरूले आफ्ना मृतक आफन्तको प्रतीकका रूपमा गाई र विभिन्न झाँकीहरू निकालेर मनाएका छन् ।
नेपाल खड्गी सेवा समिति धरानको आयोजनामा आयोजित सामूहिक गाईजात्रा धरान ७ स्थित सिद्धि नेवा: परिषद्बबाट सुरु गरी छाताचोक, टेलिकम, पुरानो बजार हुँदै भानुचोकबाट परिषद् भवनमा पुगेर समापन गरिएको थियो । स्थानीय युवा तथा सांस्कृतिक टोलीहरूले परम्परागत बाद्ययवादनको तालमा मौलिक नाचहरु समेत प्रस्तुत गरेका थिए ।
गाईजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा परिवारका सदस्यले गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा रहेको परिषद्का महासचिव मोहन श्रेष्ठले बताए ।
नेवा देय दबु धरानका अध्यक्ष मनोहर शाक्यका अनुसार नेवार समुदायका ३६ घरबाट सामूहिक गाईजात्रा निकालिएको हो ।
गाईजात्रामा कोशी प्रदेश सांसद यशोदा कायस्थ, धरान नगरका कार्यवहाक प्रमुख अईन्द्विक्रम बेघा, सहित नेवार समुदायको विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
बर्षेनी धरानमा सप्ताहव्यापी गाईजात्रा महोत्सव गर्दे आएको आयोजकले यस बर्ष भने रसुवा भोटेकोशी-त्रिशुलीबाट आएको विनाशकारी बाढीले पुर्याएको ठूलो धनजनको क्षती र देश शोक मग्न भएकोले अन्य कार्यक्रमहरु भने स्थगित गरेको यस अघि नै जनाईसकेको छ ।
धरानमा भदौ १५ गते किराँत राई संघको पहिलो महाधिवेशन
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी किराँत राई संघले आगामी भदौ १५ गते पहिलो केन्द्रीय महाधिवेशन धरानमा गर्ने भएको छ ।
बाढीपीडितको उद्धारमा मितेरी बैंकको १० लाख, अग्रवालको ३ लाख सहयोग
# गणतन्त्र खबर
गणतत्र खवर, धरान । रसुवाको भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी
त्रिशूली बाढीपीडितका लागि नेकपा धरानले जुटायो १ लाख १४ हजार, राहत कोषमा जम्मा
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । हिजो त्रिशूली नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले संकलन गरिएको १ लाख १४ हजार ३ सय ३५ रुपैयाँ

प्रतिकृया दिनुहोस