त्रिशूली बाढीपीडितका लागि नेकपा धरानले जुटायो १ लाख १४ हजार, राहत कोषमा जम्मा
गणतन्त्र खवर, धरान । हिजो त्रिशूली नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले संकलन गरिएको १ लाख १४ हजार ३ सय ३५ रुपैयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर समितिले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
समितिले आज बिहान धरान-२ स्थित सिंहदेवी चोकमा पार्टीका नेता तथा कार्यकर्ता भेला भएर राहत संकलन अभियान सञ्चालन गरेको थियो । धरानका व्यापारी, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सर्वसाधारण नागरिकलाई आफ्नो क्षमता र इच्छाअनुसार स्वेच्छिक सहयोग गर्न समितिले आह्वान गरेको थियो ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता मुकेशका अनुसार समितिको आह्वानलाई स्वीकार गर्दै भानुचौक आसपासका नागरिकले स्वेच्छिक रूपमा सहयोग गरेका थिए ।
संकलित रकम धरानको भानुचोकमा ल्याएर गणना गरिएको थियो । गणनाका क्रममा १ लाख १४ हजार ३ सय ३५ रुपैयाँ संकलन भएको समितिका अध्यक्ष सिपी बजगाईँले जानकारी दिए ।
अध्यक्ष बजगाईँका अनुसार संकलित रकम बराबरको रकम ‘प्रधानमन्त्री राहत कोष’मा क्यूआरमार्फत जम्मा गरिएको हो । उनले भने, ‘‘हामीले संकलित रकम बराबरको ‘प्रधानमन्त्री राहत कोष’ मा क्यू आर पत्रकारहरु माझ पठाएका छौ ।’
समितिले राहत अभियानमा स्वेच्छिक रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै शुक्रबारदेखि राहत रकम संकलन नगर्ने जनाएको छ ।
यस अघि, नेपाल सरकारले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकका नाममा अनधिकृत र जथाभावी रकम संकलन नगर्न आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै सामाजिक सञ्जालमा व्यक्तिगत वा संस्थागत क्यूआर कोड राखेर आफूखुसी आर्थिक सहयोग संकलन नगर्न र नगराउन निर्देशन दिएको जनाएको छ ।
'शोकलाई उत्सव' का रूपमा मनाइने गाईजात्रा धरानमा सम्पन्न
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । धरानमा आयोजना गरिएको परम्परागत सामुहिक गाईजात्रा शनिबार सम्पन्न भएको छ । वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना र आत्मशान्तिको
धरानमा भदौ १५ गते किराँत राई संघको पहिलो महाधिवेशन
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी किराँत राई संघले आगामी भदौ १५ गते पहिलो केन्द्रीय महाधिवेशन धरानमा गर्ने भएको छ ।
बाढीपीडितको उद्धारमा मितेरी बैंकको १० लाख, अग्रवालको ३ लाख सहयोग
# गणतन्त्र खबर
गणतत्र खवर, धरान । रसुवाको भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी

प्रतिकृया दिनुहोस