धरानमा भदौ १५ गते किराँत राई संघको पहिलो महाधिवेशन
गणतन्त्र खबर, धरान । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी किराँत राई संघले आगामी भदौ १५ गते पहिलो केन्द्रीय महाधिवेशन धरानमा गर्ने भएको छ । संघले आज गरेको पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारीबारे जानकारी दिएको हो ।
महाधिवेशन कांग्रेसनिकट आदिवासी जनजाति संघको अध्यक्ष ओमबहादुर घर्तीको प्रमुख आतिथ्यतामा र कांग्रेसका केन्द्रिय नेताहरुको विशिष्ठ आतिथ्यतामा समुद्घाटन गरिने अध्यक्ष आनन्द सन्तोषी राईले बताएका छन् ।
उनका अनुसार महाधिवेशनको उद्घाटनपछि संक्षिप्त औपचारिक कार्यक्रम सम्पन्न गरी बन्दसत्र सुरु गरिनेछ । बन्दसत्रमा संघको विधान संशोधन तथा परिमार्जन, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्ने तथा त्यसपछि नयाँ नेतृत्व चयन गरिनेछ ।
महाधिवेशनमा कोशी प्रदेशका १४ वटा जिल्ला र राजधानीका ३ जिल्ला गरी १७ वटा जिल्लाका निर्वाचन क्षेत्रबाट ३३ जना गरी १५० भन्दा बढि प्रतिनिधिले सहभागिता जनाउने कांग्रेसका नेता तथा धरानका पूर्व नगर प्रमुख तिलक राईले बताए । उनले प्रथम महाधिवेशन सम्पन्न गर्न धरानले पाएको अवसरलाई सदुपयोग गर्ने बताए ।
महाधिवेशन नेपाली कांग्रेस पार्टीको आन्तरिक व्यवस्थापनबाट सम्पन्न गर्न लागिएको हो ।
नेपाली कांग्रेसको विचार, दर्शन र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै पार्टीको विधान तथा निर्देशनअनुसार देश र जनताको सेवामा सक्रिय रहँदै आएको जनाएको संघले प्रथम महाधिवेशन मार्फत नयाँ पुस्तालाई राजनीतिक नेतृत्वका लागि सक्षम र दक्ष बनाउँदै संगठनलाई थप सशक्त बनाउने लक्षय लिएको छ ।
'शोकलाई उत्सव' का रूपमा मनाइने गाईजात्रा धरानमा सम्पन्न
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । धरानमा आयोजना गरिएको परम्परागत सामुहिक गाईजात्रा शनिबार सम्पन्न भएको छ । वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना र आत्मशान्तिको
बाढीपीडितको उद्धारमा मितेरी बैंकको १० लाख, अग्रवालको ३ लाख सहयोग
# गणतन्त्र खबर
गणतत्र खवर, धरान । रसुवाको भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी
त्रिशूली बाढीपीडितका लागि नेकपा धरानले जुटायो १ लाख १४ हजार, राहत कोषमा जम्मा
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । हिजो त्रिशूली नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले संकलन गरिएको १ लाख १४ हजार ३ सय ३५ रुपैयाँ

प्रतिकृया दिनुहोस