• १४ भदौ २०८३ आइतबार/ Sunday 8-30-2026

बाढीपीडितको उद्धारमा मितेरी बैंकको १० लाख, अग्रवालको ३ लाख सहयोग

गणतत्र खवर, धरान । रसुवाको भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी डेभलपमेन्ट बैंक लिमिटेड धरानले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका सञ्चालक समिति तथा कर्मचारीहरूको टोलीले आज ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्नेगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई चेक हस्तान्तरण गरेको हो ।

बैंकका सञ्चालक समिति अध्यक्ष किसन मास्केले बैंकका तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको बताए । उनले भने, ‘बैंकले यसअघि पनि कोभिड-१९ महामारी तथा विनाशकारी भूकम्पका बेला यसरी नै सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गर्दै आएका छौ ।’

त्यस्तै, प्रीति भल्व एन्ड फिटिङ इन्डस्ट्रिज प्रालि धरानका सञ्चालक तथा मितेरी डेभलपमेन्ट बैंकका सञ्चालक समिति सदस्य अम्रेस अग्रवालले व्यक्तिगत रूपमा थप ३ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले पनि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी प्रमुख जिल्ला अधिकारी अर्याललाई चेक हस्तान्तरण गरेका हुन् ।

आर्थिक सहयोगको चेक ग्रहण गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले राज्यमा ठूलो क्षति भएको अवस्थामा बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेकोमा मितेरी बैंक र अग्रवाललाई धन्यवाद दिए । उनले विपद्को समयमा राज्यलाई सहयोग गर्न सबैलाई अपिलसमेत गरे ।

मितेरी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय कोशी प्रदेशको धरान, सुनसरीमा रहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय स्तरको विकास बैंकका रूपमा बैंकले २०६३ सालदेखि सेवा दिँदै आएको छ । बैंकले विशेषगरी पूर्वी नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

'शोकलाई उत्सव' का रूपमा मनाइने गाईजात्रा धरानमा सम्पन्न

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । धरानमा आयोजना गरिएको परम्परागत सामुहिक गाईजात्रा शनिबार सम्पन्न भएको छ । वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना र आत्मशान्तिको

धरानमा भदौ १५ गते किराँत राई संघको पहिलो महाधिवेशन

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी किराँत राई संघले आगामी भदौ १५ गते पहिलो केन्द्रीय महाधिवेशन  धरानमा गर्ने भएको छ ।

त्रिशूली बाढीपीडितका लागि नेकपा धरानले जुटायो १ लाख १४ हजार, राहत कोषमा जम्मा

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । हिजो त्रिशूली नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले संकलन गरिएको १ लाख १४ हजार ३ सय ३५ रुपैयाँ