• १४ भदौ २०८३ आइतबार/ Sunday 8-30-2026

बाढीपीडितको सहयोगमा होली गार्डेनका विद्यार्थी, एक लाख भन्दा बढि जुटाउने लक्ष्य

गणतन्त्र खबर, धरान । धरान-१ स्थित होली गार्डेन एकेडेमीका विद्यार्थीहरूले बाढीपीडितका लागि कम्तीमा एक लाख रुपैयाँ भन्दा बढि संकलन गर्ने जर्माको गर्ने भएका छन् ।

बुधबार त्रिसुली नदीमा आएको भयानक बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नै पहलमा राहत कोष बनाउन लागेका हुन् ।

एकेडेमीका स्काउट र बाल क्लबको संयुक्त आयोजनामा सहयोग संकलन अभियान सञ्चालन गर्ने विद्यार्थीले जनाएका छन् । स्काउट र बाल क्लबका विद्यार्थीहरूले बिहान गरेको छलफलपछि राहत कोष स्थापना गर्ने निर्णय गरेका हुन् ।

विद्यार्थीका अनुसार अभियान अन्तर्गत तीनवटा च्यारिटी बक्स राखिनेछ । पहिलो च्यारिटी बक्समा विद्यार्थीहरूले एक दिनको खाजा खर्च बराबरको रकम स्वेच्छाले जम्मा गर्नेछन् । दोश्रोमा शिक्षकहरूले एक दिनको तलब बराबरको रकम सहयोग गर्ने योजना छ । त्यस्तै, कृष्ण जन्माष्टमीको अवसरमा विद्यालयमा आयोजना हुने कार्यक्रममा सहभागी अभिभावकबाट पनि स्वेच्छिक सहयोग संकलन गरिनेछ ।

होली गार्डेन एकेडेमीका स्काउट ब्वाइज ग्रुपका लिडर अनिरोवन श्रेष्ठले बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न विद्यार्थीहरूले अभियान अघि बढाउने निर्णय गरेको बताए । “हामीले बाढीबाट प्रभावित मानिसहरूका लागि राहत वितरण गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ,” उनले भने, “सानो सहयोगले पनि प्रभावित परिवारलाई ठूलो राहत पुग्न सक्छ भन्ने हाम्रो विश्वास छ ।”

बाल क्लबका अध्यक्ष रजत भुजेलले कम्तीमा एक लाख रुपैयाँ वा सोभन्दा बढी रकम संकलन गर्ने लक्ष्य रहेको बताए । संकलित रकम सम्बन्धित सरकारी राहत कोषमा जम्मा गर्ने योजना रहेको उनले जानकारी दिए ।

स्काउट गर्ल ग्रुपकी लिडर सिमन लिम्बुले विद्यालयभित्र मात्र नभई बाहिरका नागरिकबाट समेत सहयोग संकलन गर्ने बताइन् ।

त्यस्तै, बाल क्लबकी सचिव श्रीयुता खतिवडाले भदौ १८ गते विद्यालयमा हुने कार्यक्रममा अभिभावकबाट प्राप्त हुने स्वेच्छिक सहयोगलाई विशेष रूपमा संकलन गरिने बताइन् ।

बाढी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि विभिन्न क्षेत्रबाट राहत संकलन भइरहेका बेला विद्यार्थीहरूले अघि सारेको यो अभियानले सामाजिक सहयोग र मानवीय भावनाको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

विद्यार्थीहरूको यो पहलले बाढीपीडितलाई सहयोग मात्र होइन, विपद्का बेला समाजका सबै वर्ग एकअर्काको साथमा उभिनुपर्छ भन्ने सकारात्मक सन्देश समेत दिएको छ । 

प्रतिकृया दिनुहोस

'शोकलाई उत्सव' का रूपमा मनाइने गाईजात्रा धरानमा सम्पन्न

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । धरानमा आयोजना गरिएको परम्परागत सामुहिक गाईजात्रा शनिबार सम्पन्न भएको छ । वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना र आत्मशान्तिको

धरानमा भदौ १५ गते किराँत राई संघको पहिलो महाधिवेशन

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी किराँत राई संघले आगामी भदौ १५ गते पहिलो केन्द्रीय महाधिवेशन  धरानमा गर्ने भएको छ ।

बाढीपीडितको उद्धारमा मितेरी बैंकको १० लाख, अग्रवालको ३ लाख सहयोग

# गणतन्त्र खबर

गणतत्र खवर, धरान । रसुवाको भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी