• १४ भदौ २०८३ आइतबार/ Sunday 8-30-2026

धरानमा भदौ १३ देखि सप्ताहव्यापी गाईजात्रा, यस बर्ष मुख्य नयाँपन रोपार जात्रा

गणतन्त्र खबर, धरान । धरानमा यस वर्ष आयोजना गरिने सप्ताहव्यापी गाईजात्रा महोत्सवको रोपार जात्रालाई भब्य बनाईने भएको छ । नेपाल खड्गी सेवा समिति धरानको आयोजनामा गरिने भदौ १३ गतेदेखि १७ गतेसम्म विभिन्न जात्रा मध्ये रोपार जात्रालाई विगतका वर्षभन्दा फरक र नयाँ शैलीमा प्रस्तुत गरिने जनाईएको छ । 

खड्गी सेवा समितिले आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराईएको हो । भानुचोकमा बृहत् रूपमा रोपार जात्रा प्रदर्शन गर्नु यस वर्षको सप्ताहव्यापी कार्यक्रमको मुख्य नयाँपन रहने समितिका अध्यक्ष मनिष खड्गीले बताएका छन् । 

गत वर्षका कार्यक्रमभन्दा फरक ढंगले रोपार जात्रालाई प्रस्तुत गरी धरानको मौलिक संस्कृति र परम्परालाई थप आकर्षक रूपमा देखाउने तयारी गरिएको अध्यक्ष खड्गीले बताए । 

यद्धपी तिब्बत क्षेत्रबाट सुरु भई आज बिहान त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्याएको ठूलो धनजनको क्षती भईरहेको अवस्थामा भने अव आउने दिनहरुलाई हेरेर सो कार्यक्रम अघि बढाईने अध्यक्ष खड्गीले बताए ।

तर भदौ १३ गते गरिने सामुहिक गाईजात्रा भने मृत्युवरण भएकाहरुको स्वर्गिक मार्ग हासिल होस् भन्ने र सारा देशलाई नै शोक सान्तवना प्रदान गरिने जात्रा भएकोले सो कार्यक्रमलाई स्थगित नगरिने ३ नं. वडाका अध्यक्ष विद्या शाक्यले बताए ।

खड्गी समाजले स्थापना कालदेखि नै श्रावण शुक्ल पूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म विभिन्न जात्रा तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

गाईजात्रा प्रर्दशन देखि मारुनी नृत्य सम्म 

समितिका सचिव टोम प्रकाश शाहीका अनुसार भदौ १३ गते शनिबार बिहान ७ बजे ठ्याकठुके (घिसिङ घिन्ताङ) तथा सामूहिक गाईजात्रा हुनेछ । खड्गी समाजमा भेला भएर सिद्धि नेवाः परिषद् हुँदै धरान नगर परिक्रमा गरिनेछ । यसको संयोजन केमन खड्गीले गर्नेछन् ।

उनका अनुसार भदौ १४ गते आइतबार बिहान ७ बजे हिले जात्रा (गोरु जात्रा) हुनेछ । खड्गी समाजबाट सुरु हुने जात्राले धरान नगर परिक्रमा गर्नेछ । यसको संयोजन रिवाज खड्गीले गर्नेछन् ।

सोही दिन बेलुका ४ बजे भानुचोकमा बृहत् रोपार जात्रा प्रदर्शनी गरिनेछ । मुख्य नयाँपनको रुपम गरिने भनिएको छ यसको संयोजन विशाल शाहीले गर्नेछन् ।

भदौ १५ गते सोमबार बेलुका ४ बजे बाघ जात्रा (पल्टन जात्रा) हुनेछ । यसको संयोजन राजेश खड्गीले गर्नेछन् ।

भदौ १६ गते मंगलबार बेलुका ४ बजे घोडेजात्रा आयोजना गरिनेछ । यसको संयोजन आशिष खड्गीले गर्नेछन् ।

भदौ १७ गते बुधबार बेलुका ४ बजे सिंहदेवी मन्दिरमा क्षमा पूजा गरिनेछ । यसको संयोजन पवितकुमार खड्गीले गर्नेछन् । सोही दिन बेलुका खड्गी समाजको कार्यालय भवनमा मारुनी नृत्य तथा गाईजात्रा समापन कार्यक्रम हुनेछ। यसको संयोजन विक्रम शाहीले गर्नेछन् ।

३ लाख ७५ हजारको अनुमानित बजेट

महोत्सवका लागि कुल ३ लाख ७५ हजार रुपैयाँको अनुमानित बजेट तयार गरेको अध्यक्ष खड्गीले जानकारी दिए । उनका अनुसार धरान उपमहानगरपालिकाबाट १ लाख ५० हजार, ३ नं वडा कार्यालयबाट १ लाख ५० हजार, खड्गी समाजबाट १५ हजार,  विभिन्न संघसंस्थाबाट स्वेच्छाबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त हुने अनुमान गरिएको छ ।

महोत्सवका क्रममा जात्रा सामग्री, पोशाक, बाजागाजा, ब्यानर, टेन्ट तथा कुर्सी, साउण्ड सिस्टम, कलाकारको खाजा-पानी, श्रृङ्गार सामग्री, क्षमा पूजा, मारुनी नृत्य तथा समापन लगायतका शीर्षकमा खर्च हुने आयोजकको अनुमान छ ।

बृहत् रोपार जात्राका लागि मात्रै पोशाक, जात्रा सामग्री, रोपार श्रृङ्गार सामग्री, खाजा-पानीलगायतमा करिब १ लाख २६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

आयोजले प्रत्येक दिनको जात्रा खड्गी समाजबाट सुरु भएर धरान बजार परिक्रमा गर्ने भएकाले दैनिक करिब ५ हजार मानिसले अवलोकन गर्ने अपेक्षा गरेको छ । 

नेवार समुदायको नेतृत्वमा मनाइँदै आएको गाईजात्रालाई यस वर्ष भने सबै जातजातिको साझा सांस्कृतिक पर्वका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ । 

प्रतिकृया दिनुहोस

'शोकलाई उत्सव' का रूपमा मनाइने गाईजात्रा धरानमा सम्पन्न

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । धरानमा आयोजना गरिएको परम्परागत सामुहिक गाईजात्रा शनिबार सम्पन्न भएको छ । वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना र आत्मशान्तिको

धरानमा भदौ १५ गते किराँत राई संघको पहिलो महाधिवेशन

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी किराँत राई संघले आगामी भदौ १५ गते पहिलो केन्द्रीय महाधिवेशन  धरानमा गर्ने भएको छ ।

बाढीपीडितको उद्धारमा मितेरी बैंकको १० लाख, अग्रवालको ३ लाख सहयोग

# गणतन्त्र खबर

गणतत्र खवर, धरान । रसुवाको भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि मितेरी