• २५ असोज २०८३ आइतबार/ Sunday 10-11-2026

एथरको १३औँ एक्सपेरियन्स सेन्टर धरानमा सुरु

बेघाले भने–‘विद्युतीय सवारीको प्रयोग बढाऔँ’

गणतन्त्र खवर,  धरान । विद्युतीय स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दै गर्दा एथर नेपालले धरानमा आफ्नो १३औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । धरान-१, छाता चोकमा स्थापना गरिएको एथरको नयाँ एथर एक्सपेरियन्स सेन्टरको बुधबार औपचारिक उद्घाटन गरिएको हो ।

एथर एक्सपेरियन्स सेन्टरको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् । एथर एक्सपेरियन्स सेन्टरका सञ्चालक धरनका कुशल व्यवसायी जिवन श्रेष्ठ हुन् । 

उद्घाटन कार्यक्रममा धिमे बाजाको टोलीले धिमे बाजा बजाउँदै अतिथि तथा उपस्थित पाहुनालाई स्वागत गरेको थियो । सेन्टरको उद्घाटन दियो प्रज्वलन तथा रिबन काटेर गरिएको थियो ।

उद्घाटनको क्रममा कार्यवाहक नगर प्रमुख बेघाले एथरको विद्युतीय स्कुटरलाई स्टार्ट गरेर उद्घाटन गरे । सोही कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेपालका लागि विद्युतीय सवारी उपयुक्त रहेको बताए । नेपाल जलस्रोतमा धनी भएकाले विद्युतको उत्पादन र प्रयोगलाई बढाउनुपर्नेमा उनले जोड दिए ।

“सायद यो नेपाल देश सुहाउँदो उत्पादन हो । यही कुरालाई ध्यानमा राखेर नेपाल सरकारले पनि आफ्नो ध्यान र दृष्टि यतातिर केन्द्रित गर्दा राम्रो हुन्थ्यो,” बेघाले भने ।

उनले धरानमा विद्युतीय स्कुटरको प्रयोग बढेमा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै धुवाँ, धुलो र ध्वनि प्रदूषण कम गर्न पनि सहयोग पुग्ने बताए । 

त्यसैगरी सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले एथरका नयाँ मोडल र ब्याट्रीमा दिइएको वारेन्टीलाई सकारात्मक रूपमा लिएको बताए ।

“एथरको नयाँ ४५० सिरिज र रिश्ताको ब्याट्रीमा ८ वर्षसम्मको वारेन्टी भन्नुभएको छ । यो सुन्दा विद्युतीय स्कुटर अझ राम्रो रहेछ भन्ने लागेको छ,” श्रेष्ठले भने ।

४५० सिरिज र रिश्ता मुख्य आकर्षण

नेपालका लागि एथरका आधिकारिक वितरक वैद्य इनर्जी प्रालिको एक्सपिरियन्स धरान आईपुग्दा १३ औं संख्यमा आईपुगेको धरानका सञ्चालक जिवन श्रेष्ठले बताए । उनका अनुसार यस सेन्टरमा ग्राहकले अथरको ४५० सिरिज तथा परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको रिश्ता मोडल हेर्न र परीक्षण गर्न सक्नेछन् । 

सञ्चालक श्रेष्ठले धरानमा एथरको नयाँ सेन्टर औपचारिक रूपमा उद्घाटन हुनुअघि नै २५ भन्दा बढी स्कुटर बुकिङ भइसकेको दाबी गरे । उनका अनुसार ४५० सेरिजको सुरुवात मुल्य ३ लाख ३४ हजार ९ सय छ भने रिश्ताको सुरुवात मुल्य ३ लाख १४ हजार ९ सय रहेको छ । 

एथरले नेपालमा एक्सपेरियन्स सेन्टरसँगै सेवा केन्द्र र चार्जिङ पूर्वाधार विस्तारलाई पनि प्राथमिकता दिएको जनाएको छ । कम्पनीका अनुसार नेपालभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र तथा ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस

विराट ट्रेड फेयरमा उत्साहजनक व्यापार, दर्शकको घुइँचो

# अर्थ/बाणिज्य

गणतन्त्र खबर, धरान । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा जारी विराट ट्रेड फेयरमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । असोज

'ब्लु स्क्वायर सोरुम' धरानमा भित्रियो यामाहा XSR 155 को नयाँ निलो मोडल

# अर्थ/बाणिज्य

गणतन्त्र खवर, धरान । यामाहा XSR 155 मोटरसाइकलको नयाँ निलो मोडल धरानमा सार्वजनिक गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले

धरान संयुक्त गृल व्यवसायी संघमा अब उदय राईको नेतृत्व

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । २०५३ सालमा स्थापना भएको संयुक्त गृल उद्योग व्यवसायी संघ धरानको ९औं कार्यकालका लागि अध्यक्षमा उदय कुमार राई चयन भएका छन् ।

↑