धरान संयुक्त गृल व्यवसायी संघमा अब उदय राईको नेतृत्व
गणतन्त्र खबर / धरान । २०५३ सालमा स्थापना भएको संयुक्त गृल उद्योग व्यवसायी संघ धरानको ९औं कार्यकालका लागि अध्यक्षमा उदय कुमार राई चयन भएका छन् । शनिबार सम्पन्न संघको ९औं अधिवेशन तथा साधारण सभाले राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रथम कमल शंकर र द्वितिय उपाध्यक्ष सुन्दर श्रेष्ठ रहेका छन् । प्रेम कुमार राई सचिव भएका छन् भने सह सचिव मदन कुमार प्रधान बने । तुलाराम श्रेष्ठ कोषाध्यक्ष बनेका छन् ।
त्यसैगरी सदस्यहरुमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, मनोज पराजुली, सुरज राई, प्रदिप वि.क. र विवश विश्वकर्मा रहेका छन् ।
निर्वाचित अध्यक्ष राईले गृल व्यवसायीहरूको हकहित संरक्षण गर्दै संघलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघको ९औं अधिवेशन तथा साधारण सभाको समुद्घाटन धरान उपमहानगर पालिकाका कार्यवहाक प्रमुख अईन्द्र विक्रम बेघाले गरेका थिए । उनले संयुक्त गृल उद्योग व्यवसायी संघ धरानले गृल व्यवासायीहरुको हकहितको लागि भरपर्दो संस्था भएर उभिएको चर्चा गरेका थिए ।
संघ धरानका निवर्तमान अध्यक्ष राजकुमार राईले गृल व्यवसायीले राज्य र स्थानिय सरकारलाई पनि ठूलो रकमका साथ कर तिरिरहेको उल्लेख गर्दै राज्यले पनि व्यवसायीप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताएका थिए ।
यस अघि संघले धरान १६ मा आफ्नै कार्यलय भवन निर्माण गरिसकेको छ ।
विराट ट्रेड फेयरमा उत्साहजनक व्यापार, दर्शकको घुइँचो
# अर्थ/बाणिज्य
गणतन्त्र खबर, धरान । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा जारी विराट ट्रेड फेयरमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । असोज
'ब्लु स्क्वायर सोरुम' धरानमा भित्रियो यामाहा XSR 155 को नयाँ निलो मोडल
# अर्थ/बाणिज्य
गणतन्त्र खवर, धरान । यामाहा XSR 155 मोटरसाइकलको नयाँ निलो मोडल धरानमा सार्वजनिक गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले
एथरको १३औँ एक्सपेरियन्स सेन्टर धरानमा सुरु
# अर्थ/बाणिज्य
गणतन्त्र खवर, धरान । विद्युतीय स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दै गर्दा एथर नेपालले धरानमा आफ्नो १३औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्रतिकृया दिनुहोस