• २५ असोज २०८३ आइतबार/ Sunday 10-11-2026

पूर्व प्रहरीद्वारा सञ्चालित सुपर ड्राइभिङ सेन्टर उद्घाटन (भिडियो सहित)

गणतन्त्र खबर / धरान । धरान १७ स्थित ईन्द्रेणी मार्गमा सुपर ड्राइभिङ सेन्टर सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी धरान नगरका पूर्व प्रमुख तिलक राईको प्रमुख आतिथ्यतामा सञ्चालनमा आएको हो । 

ड्राइभिङ सेन्टरहरूको भीडमा रहेको उक्त सेन्टर यातायात कार्यालयका मूल्य र मान्यताका पूर्ण मापदण्ड अनुसार निर्माण गरिएको सञ्चालक पुरुषोत्तम चापागाईले बताए । सञ्चालक चापागाई १९ वर्ष नेपाल प्रहरीमा सेवाबाट निवृत्त भएका हुन् । उनले साढे आठ कट्ठा जमिन लिजमा लिएर निर्माण गरेका हुन् । 

जुनसुकै भेईकल, गाडी, मोटरसाईकल तथा स्कुटी सिकाउने प्रक्रिया गुणात्मक हुने उनको जिकिर छ । ‘यहाँ सिकेर गएपछि सिद्धै सरकारी ट्रायल स्पटमा सिक्दा हुन्छ अन्य कँही पनि जानु पर्दैन ।’ उनले भने । दक्ष तथा अनुभवी प्रशिक्षकहरुद्वारा लाइसेन्स प्राप्त हुनेगरी ट्रायल स्पट तयार गरेको उनले बताए । 

सञ्चालक चापागाईले १७ नं. वडा कार्यालयबाट सिफारिस लिएर आएमा न्युन आय भएका जो कोही व्यक्तिलाई सत प्रतिशत छुट दिने बताए । 

स्थानिय वासीहरुको उपस्थितीमा गरिएको सेन्टरको उद्घाटन कार्यक्रम मार्फत प्रमुख अथिति राईले व्यवसाय सञ्चालनको सफलताको शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । विशिष्ट अतिथिहरु सुनसरी १ का प्रतिनिधि सभाको लागि कांग्रेसका प्रत्यासी सुजेन्द्र तामाङ, कल्याण पराजुली, सहदेब बराल लगायतले सेन्टरको प्रगतिको शुभकामना मन्तव्य राखेका थिए । 

भिडियो हेर्नहोस् । 

 

 

 

प्रतिकृया दिनुहोस

विराट ट्रेड फेयरमा उत्साहजनक व्यापार, दर्शकको घुइँचो

# अर्थ/बाणिज्य

गणतन्त्र खबर, धरान । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा जारी विराट ट्रेड फेयरमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । असोज

'ब्लु स्क्वायर सोरुम' धरानमा भित्रियो यामाहा XSR 155 को नयाँ निलो मोडल

# अर्थ/बाणिज्य

गणतन्त्र खवर, धरान । यामाहा XSR 155 मोटरसाइकलको नयाँ निलो मोडल धरानमा सार्वजनिक गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले

एथरको १३औँ एक्सपेरियन्स सेन्टर धरानमा सुरु

# अर्थ/बाणिज्य

गणतन्त्र खवर,  धरान । विद्युतीय स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दै गर्दा एथर नेपालले धरानमा आफ्नो १३औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।

↑