• २९ असोज २०८३ बिहीबार/ Thursday 10-15-2026

कोरोना संक्रमित झापाका २७ जनालाई धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना गरेन

गणतन्त्र खबर / कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी राखेको छ ।

शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान आइपुगेका थिए । अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भए । उनीहरुले रातभर केही खान पनि नदिइएको गुनासोसमेत गरेका छन् । कचनाकवल गाउँपालिकाबाट संक्रमितहरु ल्याएर आएको गाडीलाई प्रतिष्ठानको पार्किङ क्षेत्रमा राखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित छन् । अस्पतालमा तयारी अवस्थाको बेड ७० वटा मात्र भएकाले भर्ना लिन समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निर्देश सापकोटाले बताए ।

गाउँपालिकाबाट समन्वय नगरी आएका कारण समस्या भएको बताउँदै उनले भने, ‘हामीसँग अलरेडि ६७ जना हुनुहुन्छ । अरु विरामी जस्तो सहजै राख्न सकिन्न ।’ उनले झापाबाट संक्रमितहरु आएपछि रातभर बेडको व्यवस्था गरेको र अब भर्ना लिइने बताए ।

प्रतिकृया दिनुहोस

वीपी प्रतिष्ठान धरानमा ल्याब रिपोर्ट निकाल्न अब लाइन बस्नु नपर्ने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिरामीलाई सहज सेवा दिन स्वचालित ल्याब रिपोर्ट प्रिन्ट गर्ने मेसिन सञ्चालनमा

‘देश खोजिरहेछु’सँगै अनाम रंगमञ्चको पुनरागमन

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरानमा विसं २०४४ साल चैत २२ गते स्थापना भएको अनाम नाट्य जमात फेरि अनाम रंगमञ्चका रूपमा सक्रिय भएको छ । लामो समयपछि रंगमञ्चमा

सुरेन्द्र लिम्बुको नेतृत्वमा चुनावी मैदानमा उत्रिने नेपाली कम्युनिष्ट पार्टी धरान-५ को घोषणा

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । आगामी स्थानीय तहको निर्वाचनको मिति औपचारिक रूपमा तय भइनसके पनि धरानमा राजनीतिक दलहरूको गतिविधि विस्तारै बढ्न थालेको छ । दसैँ,

↑