स्वर्णिमको जितसँगै दोश्रो धरान सिटी रनिङ कप सुरु, धरान रंगशालामा ३० करोड खर्च गरिँदै
गणतन्त्र खवर, धरान । दोस्रो संस्करणको धरान सिटी रनिङ कप २०८३ सुरु भएको छ । आज भएको उद्घाटन खेलमा स्वर्णिम फुटबल क्लब धरान १० ले विजयी सुरुवात गरेको छ । स्वर्णिमले पटनाली फुटबल क्लब धरान १७ लाई २-० गोलले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको हो ।
धरान १६ स्थित धरान रंगशालामा भएको खेलमा स्वर्णिम क्लबका निमा तामाङले दुवै गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले खेलको पहिलो हाफको पाँचौँ मिनेटमै गोल गर्दै स्वर्णिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४८औँ मिनेटमा अर्को गोल थप्दै व्यक्तिगत दुई गोल पूरा गरे ।
दुई गोल गरेका निमा तामाङ खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार रुपैयाँ र मेडल प्राप्त गरे ।
धरान सिटी फुटबल क्लब धरान ११ को आयोजनामा सुरु भएको प्रतियोगितामा धरानका आठ क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा स्वर्णिम क्लब, पटनाली फुटबल क्लब, धरान सिटी फुटबल क्लब, फेयर फुटबल क्लब, यलम्बर फुटबल क्लब, प्रगति फुटबल क्लब, टेम्के फुटबल क्लब र लिब्जु युवा क्लब सहभागी छन् ।
नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगिताको भोली हुने खेलको प्रतिस्पर्धा यलम्बर फुटबल क्लब, धरान ११ र प्रगति फुटबल क्लब धरान १६ बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
धरान रंगशालामा ३० करोड लगानी हुँदैछ :कार्यवाहक मेयर बेघा
दोस्रो धरान सिटी रनिङ कप २०८३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले धरानलाई खेलकुदको राजधानीका रूपमा स्थापित गर्न उपमहानगरपालिका सधैँ साथमा रहने बताएका छन् ।
उद्घाटन मञ्चबाटै उनले रंगशालाको स्तरोन्नतिबारे बाहिर चलिरहेका अनावश्यक हल्ला र अफवाहहरूको खण्डन गर्दै यथार्थ जानकारी सार्वजनिक गरे । उनका अनुसार संघीय सरकारसँगको सहकार्यमा खेल मैदानको मुहार फेर्न करिब ३० करोड रुपैयाँ बराबरको बजेट योजना सुनिश्चित भइसकेको छ ।
“अखिल नेपाल खेलकुद संघका प्रतिनिधिहरूसँग समेत सल्लाह गरेर यहाँको आवश्यकता पहिचान गरी उपमहानगरपालिकाले संघीय सरकारलाई आधिकारिक पत्र पठाइसकेको छ । अब हल्ला होइन, मैदानमा काम हुन्छ ।” उनले जोड दिँदै भने ।
कार्यवाहक नगर प्रमुख बेघाले उक्त बजेटको बाँडफाँडबारे स्पष्ट पार्दै हाल छुट्याइएको ३ करोड रुपैयाँमा थप गरी कुल १० करोड रुपैयाँ रंगशालामा रात्रिकालीन खेल सञ्चालन गर्न फ्लड लाइट जडानका लागि खर्च गरिने जानकारी दिए । त्यस्तै, बाँकी २० करोड रुपैयाँ बाट दर्शक बस्ने प्यारापिट लगायतका अन्य पूर्वाधार निर्माण गरिने उनले बताए ।
कार्यवाहक नगर प्रमुख बेघाले बजेट तथा विकास योजनाको श्रेय लिने होडबाजीप्रति असन्तुष्टि जनाउँदै प्रदेश र संघीय जनप्रतिनिधिहरूलाई लक्षित गरी टिप्पणी गरे । उनले विकासका कामलाई लिएर ‘मैले ल्याएँ, उसले ल्यायो’ भन्दै श्रेय लिने प्रवृत्ति र भ्रामक हल्ला फैलाइएकोप्रति आपत्ति जनाए ।
तथ्य र वास्तविकता नबुझी त्यस्ता हल्लाको पछि नलाग्न र अनावश्यक अफवाह नफैलाउन उनले जनप्रतिनिधिलाई आग्रह गर्दै उनीहरूका भरपर्दा प्रतिबद्धतालाई भने सम्मान समेत गर्ने बताए ।
कोशी प्रदेशकै एक प्रतिष्ठित विद्यार्थी फुटबल प्रतियोगिता 'आठौं डी.आई.जी.पी.रनिङ कप' हुँदै
# खेलकुद
गणतन्त्र खवर, धरान । कोशी प्रदेशकै एक प्रतिष्ठित विद्यार्थी फुटबल प्रतियोगिता डी.आई.जी.पी.रनिङ कप २०८३ यही आउदो पौष ३ गतेदेखि सञ्चालन हुने भएको छ । धरान
आठौँ मिस्टर कोशी प्रदेश हुँदै, विजेतालाई १ लाख २५ हजार
# खेलकुद
गणतन्त्र खवर, धरान । एलाइनेट जिम धरानको आयोजनामा आगामी फागुन २९ र ३० गते ‘आठौँ मिस्टर कोशी प्रदेश स्तरीय खुल्ला शारीरिक सुगठन प्रतियोगिता-२०८३’
पहिलो धरान महिला गोल्डकपको ऐतिहासिक उपाधि सशस्त्र प्रहरीलाई
# खेलकुद
गणतन्त्र खवर, धरान । धरानको फुटबल इतिहासमा महिला फुटबलको नयाँ अध्याय लेख्दै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब पहिलो धरान अन्तर्राष्ट्रिय

प्रतिकृया दिनुहोस