• १४ मङ्सिर २०८३ आइतबार/ Sunday 11-29-2026

रेश्मा र प्रनिता बने हिबिस्कस डान्सिङ सिङ्गिङ आइडलका विजेता

गणतन्त्र खवर, धरान । धरान-१५ स्थित हिबिस्कस ईङ्लिस् वोर्डिङ स्कुलको आयोजनामा हिविस्कस सिंगिङ डान्सिङ आइडल सम्पन्न भएको छ । विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता तथा कला प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरीएको हो ।

सिङ्गिङ आइडल विधातर्फ कक्षा ९ मा अध्ययनरत रेश्मा तामाङ प्रथम स्थान हासिल गर्न सफल वनेकी थिइन भने कक्षा १० का सबिन बोहोरा द्वितीय स्थान ल्याउन सफल वनेका थिए । त्यस्तै कक्षा ७ का आसिन राईले तृतीय स्थान हासिल गर्न सफल वनेका थिए । 

त्यस्तै, डान्सिङ आइडल विधातर्फ कक्षा ६ की प्रनिता तामाङ प्रथम स्थान हासिल गर्न सफल वनेकी थिइन भने कक्षा १० की आस्था उदास द्वितीय तथा कक्षा ७ की युनिका श्रेष्ठ तृतीय स्थान हासिल गर्न सफल वनेकी थिइन । 

प्रतियोगितामा गायन विधाको निर्णायकमा संगीत शिक्षक विजय गजमेर र मनिष श्रेष्ठले रहेका थिए भने नृत्यतर्फको विधाको निर्णायकमा धरान डान्स गार्डेनका सन्देश तिम्सिना र नृत्य शिक्षिका सिमरन राईले गरेका थिए ।
 

कार्यक्रमलाई अनुष्का लिम्बू र सुभद्रा खड्काले कुशलतापूर्वक सञ्चालन गरेका थिए । उनीहरूको सहज, आकर्षक र प्रभावकारी कार्यक्रम सञ्चालनले प्रतियोगितालाई थप मनोरञ्जनात्मक तथा व्यवस्थित बनाएको थियो ।

विद्यालयस्तरमा आयोजना हुने यस्ता प्रतिभामूलक कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमता पहिचान गर्न, सार्वजनिक रूपमा प्रस्तुति दिन, आत्मविश्वास बढाउन तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले बताए ।

अध्ययनसँगै कला, संगीत र नृत्यजस्ता सिर्जनात्मक गतिविधिमा विद्यार्थीहरूको सहभागिताले उनीहरूको व्यक्तित्व विकास तथा प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुग्ने राईको भनाई रहेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई पहिचान गरी प्रोत्साहन गर्ने तथा उनीहरूलाई कला, संगीत र नृत्य क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको निर्देशक राईले बताए ।

 

प्रतिकृया दिनुहोस

गुरु लाफयङको ८३औँ जन्मजयन्ती भव्यताका साथ सम्पन्न

# गणतन्त्र खबर

गणतन्त्र खवर धरान । मुन्धुमविद् तथा किराँत सत्यहाङमा धर्मका संरक्षक गुरु लाफयङ (देवबहादुर तुम्बापो)को ८३औँ शुभजन्मोत्सवको पावन अवसरमा विविध

धरानलाई सडक आश्रित मानवमुक्त नगर घोषणा, कार्यान्वयनमा जोड

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानव तथा बालबालिकामुक्त नगर’ घोषणा गरिएको छ । शुक्रबार धरान-२ स्थित

आसरा सुधार केन्द्रमा नयाँ आयाम थपिँदै, महिला सुधार केन्द्र भवन शिलान्यास

# गणतन्त्र खबर

रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खवर, धरान । लागूऔषध दुर्व्यसनमा फसेका महिलाहरूलाई पनि सुरक्षित वातावरणमा उपचार, परामर्श र पुनःस्थापनाको अवसर

↑