• २७ श्रावण २०८३ बुधबार/ Wednesday 8-12-2026

धरानको गौरवसँग जोडिएको

आगामी बर्ष देखि प्रतियोगितालाई पूर्ण पेपरलेस बनाउँदै लैजाने

रोहित कुमार बस्नेत (डेविट)

गणतन्त्र खबर / धरानको गौरव, पर्यटन, प्रर्वद्धन र  विकासको अभियानसँग जोडिएको धरान रनले आफ्नो १४औं सस्करण  आउदो फागुन ९ गते अर्थात (२१ फेब्रुअरी २०२६) शनिबारका दिन प्रतियोगिता गर्ने भएको छ । “धरान १० के. रन-चौंधौ नेवा च्यारेटी २०८२” नामक दौड प्रतियोगिता विगतभन्दा फरक र भव्यरुपले गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

हरेक उमेर समुहका महिला तथा पुरुषहरुले सहभागिता जनाउँदै आएको प्रतियोगितामा यो बर्षको ४००० भन्दा आउन सक्ने अनुमान गरिएको छ  । पुरस्कार राशी भने गत बर्ष झै यथावत राखिने धरान रनका अध्यक्ष हेमन सुनुवारले बताए । तर उनले विगत बर्षको भन्दा जीवन वीमा आदि सेवा थप गरेका छन् । उनका अनुसार प्रतियोगितामा १६ देखि ३९ सम्म “open’’ समुहका खुल्ला दौड समुहमा प्रथम, दोस्रो, तेस्रो हुने विजयी पुरुष-महिलालाई क्रमशः रु. ६०,०००, रु. ४००००, रु. ३०००० पुरस्कार राशी दिईनेछ ।

१३ बर्ष मुनिका “Under 13’’ समुहका प्रथम, दोस्रो, तेस्रो हुने विजयी पुरुष-महिलालाई पुरस्कार राशी क्रमशः रु ७०००, रु.५०००, रु.३००० दिईने छ । १२ देखि १५ सम्म बर्ष भित्रका “Under 16’’ समुहका प्रथम, दोस्रो, तेस्रो हुने पुरुष-महिलालाई क्रमशः रु ७०००, रु.५०००, रु.३००० प्रदान गरिनेछ । 

४० वर्ष देखि ४९ सम्मको “Veteran’’ समुहका भेट्रोन दौडमा पुरुष-महिला प्रथम, दोस्रो, तेस्रो हुने विजयीलाई क्रमशः रु १००००, रु.७०००, रु.५००० दिईने छ । ४९ वर्ष देखि ५९ सम्मको “Mid Veteran’’ मिड-भेट्रोन समुहका प्रथम, दोस्रो, तेस्रो हुने पुरुष-महिलालाई क्रमशः रु ७०००, रु.५०००, रु. ३००० दिईने छ । 

त्यसैगरी ६० वर्ष देखि “Super Veteran’’ सुपर-भेट्रोन समुहका विजयी पुरुष-महिलालाई पुरस्कार राशी रु. ५००० दिईने छ । 

दौडको रुट भने गतवर्षको यथावत रहने अध्यक्ष सुनुवारले जानकारी दिए । 

 

दर्ता शुल्क तीन चरणमा लाग्ने, विद्यार्थीलाई केही छुट 

धरान रनका अध्यक्ष सुनुवारले आजकै दिन देखि सहभागीहरुको लागि दर्ता फारम वितवरण सुरु भएको बताए । उनका अनुसार विद्यार्थीहरुको लागि भने शुल्क रु. ४२० मात्र राखिएको छ  ।  

Early Bird Registration दर्ता शुल्क १ कातिक २०८२ देखि १० गते मंसिर २०८२ सम्म रु. ५२० लाग्नेछ । Regular Bird Registration दर्ता शुल्क ११ मंसिर २०८२ देखि ३ं० पौष २०८२ गते सम्म रु. ६२० गरिएको छ । 

Late Registration दर्ता शुल्क १ माघ देखि २९ माघ २०८२ गते सम्मका लागि रु. ७२० शुल्क लाग्ने बताईएको छ  । 

 

आगामी बर्षमा सिस्टमलाई पेपरलेस बनाउँदै जाने

गत बर्षदेखि चिप सिस्टमलाई समावेश गरेको धरान रनले आगामी बर्षमा सम्पूर्ण रुपमा बनाउँदै जाने ठहर गरेको छ  । अध्यक्ष सुनुवारले भने, ‘एक दिनको प्रतियोगिताको लागि  १ लाखसम्मको विमा सेवा प्रदान गर्ने उदेश्य रहेको हुँदा र सुरक्षित प्रतियोगिताको लागि चिप सिस्टम अनिवार्य बन्दै गएको छ  ।’ 

उनका अनुसार, यस सँस्करण दौड प्रतियोगितामा धावकधाविकाको निम्ति "Chip Timing System" प्रयोग गरिनेछ । प्रत्येक धावकधाविकाहरुको जुत्तामा लगाईने "Chip Timing System" बाट दौड समय मापन गरिनेछ । 


च्यारेटी प्रतियोगिताबाट संकलित रकमले सामाजिक सहयोग 
च्यारेटी प्रतियोगिताबाट संकलित रकम अपाङ्ग-असहाय महिला बालबालिकाको स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष खडा गरि सहयोग गर्दै आएको छ । यो बर्षको संकलित रकमले शैक्षिक क्षेत्रमा छात्रवृत्तिको लागि लगानी गर्ने अध्यक्ष सुनुवारले बताए । 

रनले “प्रथम नेवा च्यारेटी ८ कि मी रन २०६९” बाट संकलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ रु. २ लाख ५० हजार दिई किरात राई यायोक्खाको सहकार्यमा रु. ४ लाखको अक्षय कोष खडा गरिएको थियो । “दोस्रो नेवा च्यारेटी ८ कि मी रन २०७०” बाट संक्रमित दुव्यसनी महिलाहरुको निम्ति दृष्ट्रि नेपाल संस्थाको ह्यापी होमका लागि रु १ लाख ७७ हजार सहयोग गरिएको थियो । 

“तेस्रो नेवा च्यारेटी २०७१” बाट धरान पाजेटिभ समुहमा रहेका संक्रमित बालबालिकाको शिक्षाको लागि रु १ लाख ५० हजार प्रदान गरिएको थियो । त्यस्तै “चौथो नेवा च्यारेटी २०७२” बाट विभिन्न ५ संस्था अनि विरामीको निम्ति रु २ लाख प्रदान गरिएको थियो । 

र “पाचौ नेवा च्यारेटी रन २०७३” बाट उठेको रकम बाट रु २ लाख ५० हजार शिक्षाको निम्ति अक्षय कोष खडा गरि २४ जना जेहेन्दार सामुदायिक विद्यालयको विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता अनि वार्षिक शुल्कमा खर्च गरिएको थियो । 

“धरान १० कि रन-छैठो नेवा च्यारेटी २०७४” बाट उठेको रकमबाट अक्षयकोषलाई रु. ३ लाख ५० हजार थप गर्दै रु. ६ लाख बनाएको थियो । “धरान १० कि रन-सातौं नेवा च्यारेटी २०७५” शिक्षाको निम्ति उठेको रकम ४ लाख थपि जम्मा १० लाख को अक्षय कोष स्थापना गरिएको थियो । 

“धरान १० कि रन-आठौं नेवा च्यारेटी २०७६” बाट उठेको रकम रु १,८२,००० हजार थप गरि कुल अक्षयकोष रकम रु ११ लाख ८२ हजारबाट आउने ब्याजबाट सामुदायिक विद्यालयको २४ जना जेहेन्दार-विपन्न विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता अनि वार्षिक शुल्कमा खर्च गरेको थियो ।

“धरान १० कि रन-नवौंं नेवा च्यारेटी २०७७” मा कोरोना महामारीको कारणले सिमित धावकधाविकाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । दशौ, एघारौं, १२औं र तेहौं संस्कराका संकलित १३ लाख रकमले नेवा एजुकेशन फण्ड अक्षय कोष स्थापना गरेको आयोजकले जनाएको छ  ।

हेर्नुहोस् भिडियो  

 

 

 

 

प्रतिकृया दिनुहोस

पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभातलाई

# खेलकुद

गणतन्त्र खबर, श्रावण १९, धरान । डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि

पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: पाराडाइज र प्रभात फाइनलमा

# खेलकुद

गणतन्त्र खबर, श्रावण १८, धरान । डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप

पाँचौँ मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल: चार विद्यालयको सेमिफाइनल यात्रा

# खेलकुद

गणतन्त्र खबर, श्रावण १७, धरान । डिपो माध्यमिक विद्यालयको आयोजनामा जारी पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप